काठमाडौं – संघीय संसदको दुवै सदनको दशौं अधिवेशन आज अपराह्न ४ बजेदेखि सुरु हुँदैछ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन् ।


ADVERTISEMENT


सदनको यो अधिवेशमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायत कार्यसूची हुनेछन् ।


ADVERTISEMENT

# # #


गत साउन ३२ गते सदनको नवौं अधिवेशनको अन्त्य भएको थियो । सरकारले संसद अधिवेशन अन्त्य गरी राजनीतिक दल विभाजनका लागि सहज हुने अध्यादेश जारी गरेको भन्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमलेले विरोध गरेको थियो ।