काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी लाई उचालेर गठबन्धन फुटाउने प्रयत्न जोडदाररूपमा भइरहेको बताएका छन् ।


ADVERTISEMENT


राजधानीमा आयोजित सुरेश वाग्ले बासु र भीमसेन पोखरेल वैरागीको २३औँ स्मृतिमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।


ADVERTISEMENT

# # #


साथै उनल गठबन्धन फुटाउने हतियारका रुपमा एमसीसीलाई प्रयोग गरिएको पनि बताएका छन् ।

‘एमसीसी प्रयोग गरेर सत्तारुढ गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको छ,’ उनले भने, ‘देशभित्र र बाह्य केही शक्ति केन्द्र हात धोएरै यसमा लागेका छन् ।’

उनले यथास्थितिमा एमसीसी पारित नहुने अडान फेरि एक दोहोर्‍याएका छन् । अस्पष्ट विषयबारे प्रष्ट पार्न अमेरिकालाई पत्र पठाइएकाले त्यसमा उसले दिने जवाफमा धेरै कुरा भर पर्ने उनको भनाइ छ ।

माओवादी केन्द्रलाई घेरा हालेर सिध्याउने षड्यन्त्र पनि भइरहँदा पार्टीलाई रुपान्तरण गर्न नेतृत्वले दबाब सिर्जना गर्ने अवस्था आएको पनि उनले गुनासो गरे ।

क्रान्ति गर्छौं भन्नेहरु नै प्रतिक्रान्तिकारी भएको र गुट बनाउँदै लालचमा फसेको उनको भनाइ छ ।