काठमाडौँ – प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेले अवरोध गरेको छ ।


ADVERTISEMENT


बैठक सुरु हुनासाथ एमाले सांसदहरु सिटबाट उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख अग्नि सापकोटाले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिए । भट्टराईले एमालेले माधवकुमार नेपाल सहितका १४ सांसदलाई गरिएको कारबाही सभामुख सापकोटाले सदर नगरेर नेकपा एमाले टुक्र्याउन सत्ता गठबन्धनको सहयोगी बनेको आरोप लगाए ।


ADVERTISEMENT

# # #


उनल दल विभानका लागि किन मतियार बन्नुभयो भन्दै सभामुख सापकोटालाई प्रश्न गरे । उनले यथोचित जवाफ नपाएसम्म संसद अघि बढ्न नदिने बताए ।

जवाफमा सभामुख सापकोटाले प्रचलित कानुनको प्रावधानका आधारमा आफूले निर्णय गरेको बताए । उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले नेपालको संविधानको धारा १०५ अनुसार सर्वोच्चमा विचाराधीन मुद्दाकाबारेमा संघीय संसदको कुनै सदनमा छलफल गर्न बन्देज गरेको जानकारी गराए ।

त्यसलगत्तै एमाले सांसदहरु सिटबाट उठेर रोष्ट्रम घेराउ गर्न पुगे । उनीहरुले सभामुख सापकोटाविरुद्ध निरन्तर नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।