काठमाडौँ – नेकपा एमालेका कारण अवरोध पछि रोकिएर फेरि सुरु भएको प्रतिनिधिसभा बैठक पुनः अवरुद्ध भएको छ ।
बैठक सुरु हुनासाथ एमाले सांसदहरुले राष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका छन् । उनीहरुले माधव कुमार नेपाल लगायतका १४ सांसदलाई बैठकबाट निकाला गर्न माग गरेका छन् ।
आजको बैठकमा सभामुखको अनुस्थितिमा बैठकमा अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने, बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ पेश गर्नेलगायत सम्भावित कार्यसूची छ । यस्तै नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८’, आर्थिक अध्यादेश, २०७८’, विनियोजन अध्यादेश, २०७८, ‘राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८’ ‘शपथसम्बन्धी अध्यादेश, २०७८’, ‘रेल्वे सम्बन्धी अध्यादेश, २०७८’, ‘औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८’ लाई स्वकृतिका लागि पेश गर्ने, ‘कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश, २०७८’, ‘सामाजिक सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८’ स्वीकृतिका लागि पेश गरिने कार्यसूची छ ।