काठमाडौँ – सरकारले राजनीतिक दल सम्बन्त्री अध्यादेश पेश गरेको छ । एमालेका सांसदरुको विरोधकैबीच बुधबार बसेको प्रतिनिधिसभाको तेस्रो बैठकमा सभामुख अग्नि सापकोटाले गृहमन्त्री बालकृष्ण खाँणलाई राजनीतिक दलसम्बन्धी अध्यादेश २०७८ पेश गर्न समय दिए ।


ADVERTISEMENT


सभामुखको अनुमतिसँगै एमालेको नाराबाजीकैबीच गृहमन्त्री खाणले अध्यादेश बैठकमा टेबल गरेका हुन् । सभामुखले कार्यसूची अघि बढाउदा एमाले सांसदहरु नारावाजी गर्दै रोष्टम घेराउ गर्न पुगेका थिए ।


ADVERTISEMENT

# # #


अध्यादेश टेबल भएपछि सभामुख सापकोटाले अर्काे बैठक भाद्र २५ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका छन् ।

यसअघि आज बैठक सुरु हुनासाथ एमाले सांसदहरुले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए । उनीहरुले पार्टीको निर्णय बमाजिम माधव कुमार नेपालसहितका सांसदलाई पदमुक्त गर्ने निर्णय सभामुखले सदर नगरेको, एमाले फुटाउन भूमिका खेलेको आरोप लगाएका थिए ।

निरन्तर अवरोध भएपछि सभामुख सापकोटाले दुई पटक बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।