काठमाडौँ – प्रतिनिधिसभाको बैठक भदौ २५ गतेसम्मका लागि स्थगित भएको छ । एमालेका सांसदहरुले अवरोध कायमै राखेपछि बैठक २ दिनपछि बस्ने गरी स्थगित भएको हो ।


ADVERTISEMENT


बुधबार बैठक सुरु हुनासाथ पार्टीले कारवाही गरेका १४ सांसदमाथिको कारवाही सभामुखले रोकेको भन्दै एमाले सांसदहरुले रोष्टम घेराउ गर्दै बैठक अवरुद्ध गरेका थिए । बुधवार प्रतिनिधि सभा बैठकको शुरूमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाएलगत्तै एमाले सांसदले उठेर विरोध जनाएका थिए ।


ADVERTISEMENT

# # #


लगतै सभामुख अग्नि सापकोटाले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइलाई समय दिए । भट्टराईले एमाले सांसदमाथि गरिएको कारवाही नगरेर पार्टी विभाजनका लागि सभामुख मतियार बनेको आरोप लगाए । यस बिषयमा सभामुखले जवाफ दिनुपर्ने उनले माग गरे

लगतै सभामुखले नियमावली र संविधानमा रहेका व्यवस्था अनुसार नै गरेको बताएका थिए ।

सभामुख सापकोटाले आसन ग्रहण गर्न पटक पटक आग्रह गर्दा पनि एमाले सांसदहरुले विरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगीत गरिएको थियो । बैठक पुनः सुरु हुनासाथ एमाले सांसदहरुले नाराबाजी गर्न थाले । उनीहरुले माधव कुमार नेपालसहितका सांसदहरुलाई संसद बैठकबाट निकाला गर्न उनीहरुले माग गरे ।

जवाफमा सभामुख सापकोटाले आफू नियम कानुन अनुसार चल्ने भन्दै सांसद बैठक सुचारु गर्न सहयोग गर्न आग्रह गरे । तर, एमाले सांसदले निरन्तर नाराबाजी गरेपछि बैठक पुनः १५ मिनेटका लागि स्थगित भएको थियो ।

तर, सभामुखले भदौ २५ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन् ।