काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफना १४ सांसदमाथिको कारवाहीको माग गर्नुको कुनै अर्थ नरहेको बताएका छन् ।


ADVERTISEMENT


संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले सर्वोच्चले नै कुनै ह्वीप नलाग्ने निर्णय गरेको अवस्थामा एमालेले गरेको कारवाही मागको कुनै अर्थ नरहेको बताए । उनले सर्वोच्च अदालतले नै ह्वीप उल्लंघन गर्दा कारबाही नहुने आदेश दिएकाले कारबाहीको अर्थ नरहेको बताएका हुन् । संविधान र सर्वोच्च अदालतको आदेश अनुसार आफूहरु वैधानिक रहेको टिप्पणी गरे ।


ADVERTISEMENT

# # #


बुधबार कारवाही सिफारिस गरिएका आफ्ना १४ सांसदलाई सभामुखले निष्काशन नगरेको र पार्टीले कारवाही गरेको व्यक्ति संसदमा उपस्थित भएको भन्दै सदन अवरुद्ध रहेको थियो । अध्यक्ष नेपालले एमालेले संविधान र कानून मिचेको बताए ।

त्यस्तै एकीकृत समाजवादीका नेतृ रामकुमारी झाँक्रीले एमालेले संसदमा स्तरहीन चरित्र देखाएको टिप्प्णी गरिन् । यता एमाले सांसद खगराज अधिकारीले कानुन नियम, लोकतान्त्रीक व्यवस्था विपरित सभामुखले काम गरेकाले सदन अवरुद्ध गरेको र माग पुरा नभएसम्म सदन चल्न नसक्ने बताए ।

त्यस्तै माओवादी सांसद वर्षमान पुन अनन्तले एमालेले संंसदीय मर्यादा विपरित सदन अवरुद्ध गरेको बताए । उनले आचरणसंग सम्बन्धित बाहेक अन्य विषयमा सभामुखको विषयमा प्रश्न उठाउन नपाईने व्यस्था हुँदा एमालेले त्यसलाई स्वीकार गर्न नसकेको बताए ।

उनले सदनमा भएको बेठिक घटनालाई सच्चाउनुपर्ने धारणा राखे ।