काठमाडौँ – संघीय संसद अन्तर्गतको राष्ट्रियसभाको बैठक भाद्र २५ गतेसम्मका लागि स्थगित भएको छ ।
बुधबार बसेको राष्ट्रियसभाको दोश्रो बैठकमा पनि एमाले राष्ट्रियसभा सदस्यहरुले उठेर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सीनाले भाद्र २५ गतेसम्मका लागि बैठक स्थगीत गरेका थिए ।
बैठकमा एमालेका सदस्यहरुले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको र लोकतन्त्र र संविधानमाथि प्रश्न उठेको भन्दै उठेर विरोध गरेका थिए ।