काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।


ADVERTISEMENT


बिहीबार बीपी स्मृति दिवसको अवसरमा काठमाडौंको सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेर रुद्राक्षको विरुवारोपण गर्दै कांग्रेस प्रवक्ता शर्माले १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।


ADVERTISEMENT

# # #


बीपीले देश समृद्ध बनाउने हो भने तीन पटक लगातार कांग्रेसले जित्नुपर्छ भनेको स्मरण गर्दै उनले आमनिर्वाचन जिताउने संकल्प लिएर महामन्त्रीमा उम्मेदवारी घोषणा गरे । बिपीको संकल्प र युवाहरुको भावनालाई समेट्न आफुले भूमिका खेल्ने उनले बताए ।

कांग्रेस महाधिवेशनकाका लागि अर्का केन्द्रीय सदस्य गगन थापाले पनि महामन्त्री उठ्ने घोषणा गरिसकेका छन् भने युवा नेता प्रदीप पौडेलले पनि महामन्त्रीमै प्रतिष्पर्धा गर्ने बताउँदै आएका छन् ।

कांग्रेसको १४ औँ महाधिवेशन आगामी मंसिर ९–१३ गते हुँदैछ ।