जुम्ला– कर्णाली नपुगेका यो देशका धेरैलाई बेलाबेलामा सुनेको “दुर्गम कर्णाली” भन्ने शब्द समूहको काल्पनिक भूतले भयभित बनाउँछ । त्यही नामले उनीहरुको आङ् सिरिङ्ग हुन्छ । नवप्रवेशीलाई कर्णालीमा अशिक्षा, भोकमारी, गरिबी, कुपोषण र कष्टकर जिन्दगी छ भन्ने प्रभावले चिन्तित तुल्याउँछ । अझ त यहाँ जन्मनेहरुले खानै पाउँदैनन र बाँचेकाहरु ३६ वर्ष नपुग्दै मर्छन् भन्ने छाप अहिलेसम्म पनि जीवित पारिएको छ ।


ADVERTISEMENT


जसरी कर्णालीको भूगोल, जीवनशैली र परिवेशलाई बुख्याँचा बनाइयो, सूचना–प्रविधि र विकासले पछिल्लो पाँच वर्षमै असत्य सावित गरिदिएको छ । अहिले कर्णाली आउनु परे बाध्यता र सजाय महसुस गर्ने जो कोही फर्कंदा भने प्रशंसा गरेर जान्छन् । अनौठो अनुभव बटुल्दै फर्कंदा उनीहरु भन्ने गर्छन्, “कर्णाली साँस्कृतिक, धार्मिक, ऐतिहासिक र पर्यावरणीय गन्तव्य हो, एकपटक यहाँ पुग्नै पर्दछ ।”


ADVERTISEMENT

# # #


सडक सञ्जाल जोडिएसँगै केही हदसम्ममाथि उठेको महसुस गरिएको यो क्षेत्रका नागरिकको जीवनशैली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला स्थापना भएपश्चात् झनै उन्नति भएको पाइएको छ । प्रतिष्ठान स्थापनापछि मात्र यहाँका नागरिकहरुले बुझेका छन् कि हरेक देशको समृद्धि र विकासमा प्रभाव पार्ने प्रमुख मध्येको एक स्वास्थ्य क्षेत्र रहेछ भनेर ।

कर्णालीवासी भन्छन्, “स्वस्थकर जीवन नहुँदा न शिक्षामा दक्षता हासिल हुँदो रहेछ नत उत्पादनयोग्य श्रम गरेर समाज र देशलाई योगदान दिनसक्ने जनशक्ति तयार पार्न सकिदो रहेछ ।” स्वस्थ, सभ्य र दक्ष जनशक्ति उत्पादनमा सहयोग पु¥याउनुका साथै यस क्षेत्रका बासिन्दालाई स्वस्थ भएर बाँच्न पाउने अधिकार प्रतिष्ठानले दिलाएको छ ।

पाँच वर्ष अघिसम्म सुगमको उपचार सेवा लिन लाखौँ रकम खर्चगरी जीवन रित्याएर आउने कर्णालीका नागरिकहरुको पीडा अहिले पनि मानसपटलमा ताजै छ । यद्यपि सुगमले दिने त्यही स्वास्थ्य उपचार सेवा हाल दुर्गमका अस्पतालले उपलब्ध गराउँदा अल्पायुमै मर्नुपर्ने यहाँका नागरिकको बाध्यता हटेको छ । त्यतिमात्र होइन, प्रतिष्ठानको उत्पादित जनशक्तिले सुगममा पनि सेवा दिइरहेको छ ।

दुर्गम हिमाली क्षेत्रमा स्थापना भएको प्रतिष्ठानले भने कर्णाली र पिछडिएका क्षेत्र मात्र नभई हाल सिङ्गो ६ नं। प्रदेशका जनतालाई सुगमकै स्वास्थ्य उपचार सेवा सरल तरिकाले प्रवाह गरिरहेको प्रतिष्ठानका अस्पताल निर्देशक धर्मराज गोसाईंले जानकारी दिए । “साधारण उपचार सेवा मात्र होइन, विशेषज्ञ स्वास्थ्य सेवा दिन सबै विभागमा आधारभूत उपकरण छन् र वर्षेनी तिनको स्तरोन्नति पनि भइरहेको छ,” निर्देशक गोसाईंले भने

उनका अनुसार हाल प्रतिष्ठानमा हाडजोर्नी–२, स्त्रीरोग–२, सर्जन–३, इन्टरनल मेडिसिन–२, एनेस्थेसियोलोजिष्ट–४, जनरल फिजिसियन–२, जनस्वास्थ्य–१, सर्जरी–१ र रेडियोलोजिष्ट–१ गरी १८ जना विशेषज्ञ डाक्टरबाट सेवा प्रवाह भइरहेको छ ।