काठमाडौं – गणतन्त्र कोरियाका लागि प्रस्तावित नेपाली राजदूत प्रा. डा. संगम श्रेष्ठले कोरियाको प्राविधिक क्षमतालाई नेपालको सार्वजनिक सेवा, उत्पादन र जलवायु उत्थानशीलतासँग जोड्न आफुले प्रयास गर्ने बताए ।

मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिमा आफ्नो भावी योजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत श्रेष्ठले कोरियाको प्राविधिक क्षमतालाई नेपालको सार्वजनिक सेवा, उत्पादन र जलवायु उत्थानशीलतासँग जोड्न व्यावहारिक “नेपाल–कोरिया नवप्रवर्तन सेतु“ निर्माण गरिने बताएका हुन् । उनले कृत्रिम बुद्धिमत्ता र भू–स्थानिक तथ्यांकलाई विपद् पूर्वसूचना, पानी व्यवस्थापन र तथ्यांकमा आधारित निर्माणमा प्रयोग गर्ने नमुना कार्यक्रम विकास गरिने उल्लेख गरे ।


ADVERTISEMENT

# #


कोरियामा हुने अध्ययन र रोजगारीलाई व्यक्तिगत अवसरमा मात्र सीमित नराखी नेपालको दीर्घकालीन मानव पुँजीमा रूपान्तरण गर्न आफुले पहल गर्ने उनको भनाइ छ । यसका लागि पहिलो चरणमा विद्यार्थी र इपिएस श्रमिकलाई प्रमाणित विश्वविद्यालय सूचना, भिसा नियम, भाषा तयारी र व्यावसायिक सुरक्षासम्बन्धी अभिमुखीकरण उपलब्ध गराइने श्रेष्ठले बताए ।

उनले पहिलो वर्षमा एकीकृत मुद्दा तथा कोरियाली भाषामा लगानी÷पर्यटन सामग्री प्रकाशन, दोस्रो वर्षमा नेपाल–कोरिया व्यवसाय गोलमेच सम्मेलन, र तेस्रो तथा चौथो वर्षमा प्रत्यक्ष वैदेशिक लगानी परियोजनाहरू अगाडि बढाउने योजना रहेको सुनाए ।


ADVERTISEMENT

#
#