काठमाडौं – अर्जेन्टिनाका कप्तान लिओनल मेसीले लेजेन्ड फुटबलर पेलेको कीर्तिमानलाई तोडिदिएका छन् । यसअघि पेलेको कीर्तिमान ५० वर्षसम्म लगातार कायम थियो ।


ADVERTISEMENT


अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको रुपमा अब मेसीको नाम दर्ता भएको छ । यसअघि यो कीर्तिमान पेलेको नाममा थियो ।


ADVERTISEMENT

# # #


फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा शुक्रबार बिहान अर्जेन्टिनाले बोलिभियालाई ३ ० ले पराजित गर्दा ह्याट्रिक गर्दै मेसीले पेलेको कीर्तिमान तोडेका हुन् । मेसीले अर्जेन्टिनाका लागि ७९ गोल गरेका छन् । मेसीले पेलेभन्दा २ गोल बढी गरिसकेका छन् ।

फुटबलका महान खेलाडी पेलेले ९२ खेलमा ७७ गोल गरेका थिए । उक्त कीर्तिमान सन् १९७१ देखि कायम थियो । त्यसको आधा शताब्दीपछि वर्तमान विश्व फुटबलका सुपर स्टार मेसीले पेलेको कीर्तिमान तोडे ।

मेसीले बोलिभिया विरुद्ध ह्याट्रिकपछि अन्तर्राष्ट्रिय गोल संख्या ७९ पुर्‍याएका छन् ।