डडेल्धुरा । कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेपाली कांग्रेसको वडा अधिवेशन सुरु भएको छ ।


ADVERTISEMENT


जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले निवार्चन निर्देशिका विपरीत वडा अधिवेशन स्थगनको एकलौटी सूचना गरेको थियो । तर, केन्द्रीय निर्वाचन समितिले जिल्ला सभापतिलाई निर्वाचन स्थगित गर्ने अधिकार नरहेको भन्दै सार्वजनिक तालिका अनुसार निर्वाचन प्रक्रिया अगाडि बढाएको हो ।


ADVERTISEMENT

# # #


तालिका अनुसार आज बिहान ८ः ३० बजेबाट ५२ वटै वडामा अधिवेशन सुरु भएको छ । क्रियाशिल सदस्यताको विषयलाई लिएर जिल्ला सभापति मल्ल समूहले निर्वाचन अधिकृत लोकेन्द्र बममाथि कार्यसमितिको बैठकमै हातपात गरेपछि डडेल्धुरा कांग्रेसमा किचलो सुरु भएको थियो । मल्ल समुहले विपक्षी समूहमा अन्य नेतामाथि समेत नियोजित आक्रमण गर्दा विवाद थप बल्झिएको एक नेताले जानकारी दिए ।

‘५२ वटै वडामा निर्वाचन सुरु भएको छ’ निर्वाचन अधिकृत लोकेन्द्र बमले भने–धेरैजसो स्थानमा निर्बिरोध क्षेत्रीय प्रतिनिधि चयन भइसकेको जानकारी मतदान अधिकृतले दिएका छन् ।

सभापति मल्लले जिल्ला अधिवेशन भाड्न खोजे पनि उनकै समूहका धेरैजसो नेताले साथ दिएका छैनन् । मल्ल खेमा रहेका अधिकांश नेताले वडामा अधिवेशनको प्रक्रियामा भाग लिएका छन् । दुबै समूहका केही नेता क्षेत्रीय प्रतिनिधिमा सर्वसम्वत चयन भइसकेको जानकारी मतदान अधिकृतले दिएका छन् ।

‘सबैतिर उत्साहका साथ वडा अधिवेशन सुरु भएका छन्’ नेपाली कांग्रेस संगठन विभागका केन्द्रीय सदस्य शेरबहादुर भण्डारीले भने– ‘हामीले निर्वाचन समितिको निर्णय र कार्यतालिका अनुसार जाने हो, व्यक्ति को भन्छ भन्ने ठूलो कुरा भएन ।’

जिल्लामा अधिकांश भातृ तथा शुभेच्छुक संगठनले हिजै विज्ञप्ती निकालेर निर्वाचन प्रक्रियामा सहभागी हुन आह्वान गरेका थिए । कांग्रेसकै केही नेताहरुले डडेल्धुरामा अधिवेशन प्रक्रिया रोक्न निर्वाचन समितिलाई दवाव दिएका थिए । तर, समितिले कुनै व्यक्तिको निहीत स्वार्थमा अधिवेशन नरोकिने जनाउँदै प्रक्रिया अघि बढाएको हो । जिल्ला सभापति मल्ल समूहले भने निर्वाचन प्रक्रियामा आफूहरुको असहमति रहेको जनाएको छ ।

अधिवेशन प्रक्रिया सुरु भएसँगै डडेल्धुराका कांग्रेस कार्यकर्ता उत्साहित भएका छन् । एक मात्र प्रनिधिनिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ५ हजार ६ सय ४३ क्रियासिल सदस्य रहेको निर्वाचन समितिले जनाएको छ ।