काठमाडौँ– सिंगापेरुमल कोइल चेन्नईको अटोमोबाइल सामान लोड गर्ने अर्काे मुख्य हब बन्न पुगेको छ ।


ADVERTISEMENT


पछिल्लो समय भारतको दक्षिणी रेल मार्गको चेन्नईस्थित रहेको सिंगापेरुमल कोइल अटोमोबाइल सामान लोड गर्ने अर्काे मुख्य हब बन्न पुगेको हो ।


ADVERTISEMENT

# # #


त्यसअन्र्तगत चेन्नई डिभिजनले पहिलो पटक नेपालका लागि सिंगापेरुमल कोइल स्टेशनबाट नेपालको लागि अटोमोबाइल्स लोड गरेको छ ।

यसका लागि बिहिवार पहिलो पटक एक सय २५ कार लोड गरी नेपाल पठाएको भारतको रेल मन्त्रालय (मिनिस्ट्रि अफ रेलवे) ले जानकारी दिएको हो ।