काठमाडौं – नेपाल चेम्बर अफ कमर्सद्वारा नेपाल आर्थिक पत्रकार समाज (सेजन)कार्य समितिका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सम्मानमा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।


ADVERTISEMENT


नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई वधाई तथा कार्यकालको सफलताको कामना गरेका छन् । उनले आर्थिक क्षेत्रमा काम गर्ने पत्रकारहरुले निजी क्षेत्रका चुनौती तथा समस्याबाारे सदैव पैरवी गरेको बताए । समाचार माध्यममा आर्थिक एजेण्डाले प्राथमिकता पाएको बताएकाले यसो भएको उनी बताउँछन् ।


ADVERTISEMENT

# # #


आर्थिक समृद्धिको सवालमा आर्थिक पत्रकारिता र निजी क्षेत्र एकै रथका दुई पांग्रा भएको मल्लले बताए । मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको अहम् भूमिका रहने र निजी क्षेत्रको दिगो विकासले नै आर्थिक विकास तथा रोजगारी अभिवृद्धिलाई टेवा दिने उनी बताउँछन् । निजी क्षेत्र तथा मिडिया को सहकार्यबाटनै निजी क्षेत्रका समस्याहरु सम्बोधन हुने उनको बुझाई छ ।

निजी क्षेत्रको जायज मागलाई सदैव समाचार सम्प्रेषण गरिदिनसमेत उनले आग्रह गरे । अध्यक्ष मल्लले सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण भएमा निजी क्षेत्रको मनोबल पनि बढ्न जाने बताए ।

उक्त अवसरमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्ष जनार्दन बरालले नेपालको सबैभन्दा जेष्ठ संस्था नेपाल चेम्वर अफ कमर्सले नेपाल आर्थिक पत्रकार समाज – क सेजन) का पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गरेकोमा आभार व्यक्त गरे । सेजनको उद्देयबारे प्रकाश पार । सेजनका अध्यक्ष जनार्दन वरालले सेजन आर्थिक पत्रकारिता क्षेत्रको सवै भन्दा पुरानो संस्था भएको बताए ।

सेजन सदैव स्वच्छ व्यवसाय प्रवद्र्धनको पक्षधर भएको र निजी क्षेत्रको सम्बद्र्धनको लागि पनि सुरुदेखि नै पैरवी गर्दै आएको बताए । सेजन, पारदर्शिता विकासका लागि सदैव सचेत रहेको उनको दाबी छ । संबिधान जारी भए पश्चात राजनीतिले मार्ग निर्धारण गरी सकेकोले अबको प्राथमिकता आर्थिक समृद्धि भएकोले निजी क्षेत्रको विकास हुनु अति जरुरी छ । अतः निजी क्षेत्रको प्रवर्धन तथा स्वच्छ व्यवसायको विकासको लागि सेजन नेपाल चेम्बर अफ कमर्ससंग सहकार्य गर्न इच्छुक रहेको बताए ।

उक्त अवसरमा सेजनका अध्यक्ष जनार्दन बराल, उपाध्यक्ष सुजन ओली , महासचिव भागवत भट्टराई सचिव हिमाल पौडेल, कोषाध्यक्ष  लक्ष्मी सापकोटा, सदस्यहरु सोभित थपलिया , अच्युत पुरी, इशारा कोईराला, अमर बडुवाल, सिबि अधिकारी तथा चेम्बरका उपाध्यक्ष दीपक श्रेष्ठ तथा त्रिभुवनधर तुलाधरको उपस्थिति रहेको थियो ।