काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफू एमाले प्रचार विभाग प्रमुख र प्रदीप ज्ञवाली प्रवक्ता रहेको जानकारी दिएका छन् । यसअघि भट्टराईलाई एमालेको प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।


ADVERTISEMENT


माधव कुमार नेपालको समूह एमालेबाट फुटेर गइसकेपछि ओलीपक्षमा लागेका भट्टराईलाई एमालेले प्रवक्ता बनाउने निर्णय गरेको थिए ।


ADVERTISEMENT

# # #


भट्टराईको पद खोसिएको भनी संचारमाध्यमहरुमा समाचार आएपछि उनले शनिबार ललितपुरको तुलसीलाल प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकका निर्णय सुनाउने क्रममा उनले पार्टीको २०७५ जेठ २ गतेसम्मको अवस्थामा प्रवक्ताको व्यवस्था नभएको र आफू प्रबक्ता नरहेको बताए ।

भट्टराईले हाललाई पार्टी प्रवक्ता ज्ञवाली नै रहेको स्पष्ट पारे । सर्वोच्चको फैसला अनुसार एमाले जेठ २ मा फर्किएको अवस्थामा प्रचार विभाग प्रमुख आफू रहेको भट्टराईले बताएका हुन् ।