काठमाडौं – नेपाल स्टक एक्चेन्ज नेप्सेका निवर्तमान प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउँदले आफूले राजिनामा दिनुको कारण खुलाएका छन् । उनले पाँच पन्ने लामो एक विज्ञप्ति जारी गर्दै त्यसको कारण खुलाएका हुन् ।


ADVERTISEMENT


उनले विद्यमान सरकारी कानुनले नरोकेको सेयर किन्दा सरकारले झुटो लाञ्छना लगाउन खोजेको आरोप लगाएका छन् । कार्यकाल बाँकी छँदै  नेपाल स्टक एक्चेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृतबाट साउँदले राजिनामा दिएका थिए ।


ADVERTISEMENT

# # #


मंगलबार अर्थमन्त्री जनार्दन शर्मालाई राजिनामा पत्र बुझाएर नेप्सेको आफिसमा पत्रकार सम्मेलन गरी साउँदले राजिनामा दिएका थिए  । विद्यमान सरकारी कानुनले नरोकेको सेयर किन्दा सरकारले छानविन समिति बनाएकोले नैतिकताको आधारमा राजिनामा दिएको बताएका थिए ।

उनले सो अवसरमा पत्रकार सम्मेलनमा बोल्दै साउदले आफ्नो कार्यकालको करिव ४७ महिनमा धेरै काम गरेको र सेयर बजारलाई माथि उठाएर प्रविधिमैत्री बनाएको बताएका थिए । यसअघि कामचलाउको रुपमा रहेको देउवा सरकारले नियुक्त गरेको साउद देउवा सरकारकै पालामा १ महिना बाँकी छँदै बाहिरिएका थिए ।

साउँदले नेप्सेको विद्यमान कानुनको अधिनमा रही आफुले बुकविल्डीङबाट सर्वसाधारणमा सेयर विक्री गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर श्रीमतीको नाममा किनेका थिए ।

उनले आफूले सही काम गर्दागर्दै नचाहिँदो भ्रम छर्ने काम र आफूलाई बदनाम गर्ने काम भएकोसमेत सो जारी विज्ञप्तिमा बताएका छन् ।

सरकारलाई मात्र आरोप लगाउनु यसमा उचित नहुने साउँद बताउँछन् । आफूले राम्रो काम गर्दैगर्दा सेयर बजार उकालो लागेको र यसप्रति मानिसहरु आकर्षित भइरहेको कुरालाई बिर्सन नहुने उनले बताएका छन् ।

यति हुँदाहुँदै पनि कतिपय सञ्चारमाध्यममा पत्रकार साथीहरुले सँधै नकारात्मकरुपमा समाचारहरु लेखिदिनाले आफूलाई असहज भएको उनले महसुस गरेका छन् ।

समाचारहरुमा आएका भ्रम र अनर्गल कुराहरुले आम जनतामाझ सेयर बजारले काम गर्ने तरिकाहरुमा संशय पैदा गरिदिएको उनले लेखेका छन् । आम जनतालाई सहज र प्रविधिमैत्री लगानीको वातावरण बनाउनमा आफ्नो भूमिका रहँदारहँदै पनि गलत समाचार र अफबाहको चपेटामा परेको साउँदले गुनासो पोखेका छन् ।

नेपालमा अहिले बजारको जुन आकर्षण छ त्यो बनाउनमा आफ्नो भूमिका अहम् भएकोमा गर्व लागेको साउँदले जानकारी दिएका छन् । नियम र कानुनको अधिनमा रहेर सही काम गरेकोले आफूले राजिनामा दिएकोमा उनको कुनै गुनासो छैन ।

यस्तो छ साउँदले जारी गरेको विज्ञप्ति :