झापा – धरमपुर दुर्घटनाका घाइतेलाई पाल विद्युत प्राधिकरण धुलाबारीले  पीडक पक्षको उपचार नगर्ने भन्दै धम्काएपछि झापाको बिएण्डसी अस्पतालमा उपचार गराइरहेका  पीडित थप मानसिक पीडामा परेका छन् । शिवसताक्षी नगरपालिका वडा नं १ का भिमदत्त भट्टराई आर्थिक र मानसिक पीडामा परेको उनका आफन्तहरुले बताएका छन् ।


ADVERTISEMENT


गएको भदौ १० गते पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको झिलझिलेमा नेपाल विद्युत प्राधिकरण धुलाबारी शाखाको बोलेरो जिपले भट्टराईलाई ठक्कर दिएको थियो । भट्टराई झिलझिले बजारमा सौदा गरेर घर फर्कने क्रममा थिएँ । त्यहीक्रममा पश्चिमबाट पूर्व गइरहेको नेपाल विद्युत प्राधिकरणको प्रदेश ३ —०१ ००१ ञ २५४१ नम्बरको बोलेरो गाडीले मे ७ प ८०९३ नम्बरको स्कुटीमा सवार भट्टराईलाई ठक्कर दिएर भुइँमा लडाएको थियो ।


ADVERTISEMENT

# # #


उनको बायाँ खुट्टा दुई ठाउँमा भाँचिएको छ भने छाति, टाउको लगायतका शरीरको अन्य भागमा गम्भीर चोट लागेको छ । अस्पताल स्रोतका अनुसार भट्टर्राईको टाउकोमा रगत जमेकाले उनको शल्यक्रिया गर्नुको विकल्प छैन । घाइते भट्टराईको सघन उपचार कक्षमा उपचार भइरहेको उनले बताए ।

तर, नेपाल विद्युत प्राधिकरण धुलाबारी शाखाका प्रमुख भीम प्रसाद गनगाईलें अस्पतालमा उपचार गराइरहेका भट्टराई प्राधिकरणले उपचार नगर्ने भन्दै धम्काएको पीडितका आफन्त सुजन ओलीले बताए । ‘उहाँले चालक अनुमतिपत्र नभएका घाइतेको उपचार कुनै पनि हालतमा नगर्ने भनेर हामीलाई धम्की दिइरहनु भएको छ,’ ओलीले भने ।

पीडित भट्टराई परिवार ले नै अस्पतालमा धरौटी, औषधिको शुल्क लगायतका अन्य आर्थिक व्ययभार हरु हालसम्म जोहो गरिरहेका छन् । आर्थिक अवस्था दयनीय रहेका भट्टराई परिवारको थप उपचारकालागि आर्थिक जोहो गर्ने विकल्प नभएकाले पिडक प्राधिकरण पक्षसँग कुरा गर्दा आफूहरुले उपचार नगर्ने भन्दै थप मानसिक पीडा दिएको घाइतेका ससुरा केडी रिजालले बताए ।

सवारी दुर्घटनामामा परेर मृत्यु भएका परिवारलाई क्षतिपूर्ति र काजक्रिया, चोटपटक लागि अङ्गभङ्ग भएमा पीडितको उपचार खर्च र क्षतिपूर्ति पीडक पक्षले उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था छ । अधिवक्ता भीम बराल भन्छन, ‘सवारीसाधनले ठक्कर दिनु नै गलत हो । यस्तो अवस्थामा पीडकले पीडित पक्षको उपचार र क्षतिपूर्ति व्यहोर्नुपर्छ ।’

सवारी चालक अनुमति पत्र नलिई सवारी चलाएमा त्यस्तो चालकलाई कारवाही गर्ने कानुनको छुट्टै पाटो छ । अधिवक्ता बरालले भने ‘विद्युत प्राधिकरणको सवारी साधनले ठक्कर दिएर घाइते बनाएका भट्टराईलाई चालक अनुमतिपत्र नभएका कारणले उपचार गर्दिन भन्ने कानुनी प्रावधान नै छैन ।’

दुर्घटनामा संलग्न बोलेरो र सोका चालकलाई ईलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको थियो । चालक बाहेक बोलेरो अहिले पनि प्रहरी नियन्त्रणमा छ । प्राधिकरणले पीडितको उपचार नगर्ने, प्रहरी नियन्त्रणमा रहेका चालक र बलेरो निकाल्ने जस्ता धम्की पीडित पक्षलाई दिन थालेको स्थानीयले बताएका छन् । प्रहरी नियन्त्रणमा रहेको उक्त बलेरो घाइेतेको उपचारको ग्यारेन्टी नहुन्जेलसम्म निकाल्न नदिने शिवसताक्षी नगरपालिकाका युवाहरुले बताएका छन् ।

पीडकले उपचार गर्ने खर्च ननिकाल्ने, प्रहरी नियन्त्रणमा रहेको गाडी निकाल्न प्रहरी प्रशासनलाई दबाब दिने जस्ता क्रियाकलापले पीडित पक्षलाई थप अन्याय भएको स्थानीय युवा दिपेश रिजालले बताए । उनले भने,‘ घाइतेको उपचार गर्नुको विकल्प प्राधिकरणसँग छैन ।
प्रहरी नियन्त्रणमा रहेको सवारी साधन निकाल्न पीडितको उपचारको ग्यारेन्टी लिखित गरेपछिमात्र सम्भव हुने उनले बताएका छन् । अन्यथा कानुन हातमा लिएर जोड जवरजस्त गरे त्यसपछि आईपर्ने समस्या नेपाल विद्युत प्राधिकरण धुलाबारीका कार्यालय प्रमुख भीम प्रसाद गनगाई ले व्यहोर्नुपर्ने धरमपुरका स्थानीयले बताएका छन् ।

यता स्थानीय प्रशासनले पीडितको उपचार र क्षतिपूर्ति प्राधिकरणले नव्यहोर्ने तर्क कानुन सम्मत नभएको बताएको छ । ट्राफिक प्रहरी पोष्ट झिलझिलेका अनुसार राजमार्गको डिभाइडर लाईन देखी १० मिटर अर्को तर्फको सडक मिचेर भट्टराई सवार स्कुटीलाई प्राधिकरणको सवारी साधनले ठक्कर दिएको हो ।