काठमाडौं – मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न सत्तारुढ दलहरुको गठबन्धनका शीर्ष नेताको बैठक आज बस्दैछ ।


ADVERTISEMENT


प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजेपछि बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए।


ADVERTISEMENT

# # #


मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा यसअघि गत शुक्रबार पनि छलफल भएको थियो ।

उक्त छलफलमा प्रधानमन्त्रीले सत्ता साझेदार दलहरुसँग मन्त्री बन्नेको नाम दिन आग्रह गरेका थिए ।

गठबन्धनमा आवद्ध दलका नेताहरुले मन्त्रिपरिषद् बिस्तार गर्न धेरै ढिला भइसकेकोले तत्काल यसलाई पूर्णता दिन जोड गरेका थिए ।

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको दुई महिना पुगिसक्दा पनि मन्त्रिपरिषद् बिस्तार गर्न नसकेको भन्दै चर्को आलोचना भएको छ।

बैठकमा सत्तापक्षका सांसदहरु सदनमा प्रस्तुत हुने रणनीतिको बिषयमा पनि छलफल हुनेछ।