काठमाडौं- थापाथलीस्थित नर्भिक अस्पतालले यो सातादेखि शनिवार र सार्वजनिक बिदामा समेत ओपिडी सेवा दिने भएको छ ।


ADVERTISEMENT


अबका दिनहरुमा शनिवार एवम् अन्य सार्वजनिक बिदामा समेत अस्पतालले ओपिडिको सेवालाई निरन्तराता दिने निर्णय गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


यसअघि गत भदौ २४ गते तिजको सार्वजनिक बिदाको दिन पनि नर्भिकले ओपिडी सेवा सञ्चालन गरेको थियो । अब भने यो क्रमलाई निरन्तरता दिने अधिकृत मिश्र बताउँछन् ।

उनका अनुसार व्यस्त काठमाडौंबासीको सुविधालाई ध्यानमा राखेर नर्भिकले शनिवार र सार्वजनिक विदाका दिनहरुमा समेत ओपिडी सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । त्यसरी सञ्चालन गरिने ओपिडीमा कुन कुन विशेषज्ञको सेवा पाइन्छ? भन्ने कुरा नर्भिकले आफ्ना सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरुबाट जानकारी गराउँदै आएको छ ।

यसका साथै नर्भिक अस्पतालले ओपिडीको सन्ध्याकालीन सेवा समेत सञ्चालन गरिरहेको छ । यो सेवालाई समेत अझ व्यापक बनाउने तयारी भइरहेको मिश्रले जानकारी दिए ।

दैनिक अफिस जानुपर्ने बाध्यतामा रहेका व्यस्त सर्वसाधारणको सुविधालाई ध्यानमा राखी राति ८ बजेसम्म नै ओपिडी सेवा सञ्चालन गर्ने तयारी भइरहेको हो । समय समयमा विभिन्न स्किमहरु सार्वजनिक गरिरहने अस्पतालले यसअघि भने अन्तराष्ट्रिय टिचर्स डेको अवसर पारेर गत शुक्रबारदेखि एक साताका लागि शिक्षकहरुलाई अस्पतालका सबै सेवामा १० प्रतिशत छुटको अफर सार्वजनिक गरेको थियो ।

उक्त स्किममा शिक्षकहरुको आकर्षण देखिएको र सो अफर लिने शिक्षकहरुको संख्या बढिरहेको अस्पतालको दाबी छ । यो अफर यसै सातासम्म मात्रै जारी रहने अस्पतालले जनाएको छ ।