काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत ओमानमा अमेरिकाविरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ ।


ADVERTISEMENT


ओमानको अल अमेरत क्रिकेट स्टेडियममा अमेरिकाले टस जितेर पहिले ब्याटिङ गरिरहेको अमेरिकाले दुई विकेट गुमाएको हो । नेपाललाई सन्दीप लामिछानेले दोस्रो विकेट दिलाएका हुन् ।


ADVERTISEMENT

# # #


सन्दीपले आफ्नो पहिलो ओभरमै सुशान्त मोदानीलाई एलबीडब्ल्यूको धरापमा पारेका हुन् । मोदानीले २८ बलमा १ चौकाको मदतमा १६ रन बनाएर आउट भएका छन् ।

नेपालका लागि पहिलो विकेट विक्रम सोबले लिएका थिए । उनले स्टेभिन टेलरलाई व्यक्तिगत १४ रनमा कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका थिए ।

ताजा अवस्थामा अमेरिकाले ११ ओभरको समाप्तीमा २ विकेट गुमाएर ५२ रन बनाएको छ ।