काठमाडौं – नेपालले हरेक वर्ष भदौ २९मा राष्ट्रिय बाल दिवस मनाउने गरेको छ ।


ADVERTISEMENT


यसै सन्दर्भमा आज राष्ट्रिय बाल दिवस देभैभर बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । यद्यपि कोरोना महामारीका कारण पहिलेका वर्षहरुमा जस्तो यस साल बालदिवस धुमधामसँग मनाउन भने सकिँदैन ।


ADVERTISEMENT

# # #


नेपालले सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिवद्धता राष्ट्रस‌ंघसँग गरेको भए पनि लक्ष्य हासिल गर्न भने हम्मेहम्मे परिररहेको अवस्था छ ।

हरेक वर्ष नेपाली बालबालिकाले हराराैंको स‌ंख्यामा घरबारविहीन हुनु परिररहेको छ । तिनीहरु पठनपाठन नपाएर भोकका कारण मजदुरी गरिरहेका छन् ।

नीतिको रटना र काममा सुस्तताका कारण बालबालिकाको दिगो दिगो विकास भइरहेको छैन । बाल अधिकारकर्मीकै घरमा बालबालिका मजदुरी गर्न विवश छन् ।

नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाइँदै आएको छ ।

नेपालले सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिवद्धता व्यक्त गर्दै निरक्षरता विरुद्ध अभियान चलाउने क्रममा सरकारले बालअधिकारको पहिलो पाइलाको रुपमा आधारभूत तहको शिक्षा निःशुल्क गरेको  छ ।

पढ्ने अवसरबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस् भन्दै सरकारले लक्षितवर्ग केन्द्रित छात्रवृत्ति, दिवा खाजा र विद्यार्थीमैत्री पाठ्यक्रमको व्यवस्था गर्ने नीति  बनाएको छ । तैपनि नीतिको प्रयोग राम्ररी हुन नसक्दा नेपाली बालबालिकाहरु मजदुरी गर्नसमेत बाध्य भएको कसैबाट लुकेको छैन ।