काठमाडौं – सरकारले गत शुक्रबार मात्र प्रतिस्थापन विधेयकमार्फत् नयाँ बजेट ल्याएको थियो । बजेट पारित गर्न सरकारका चुनाैती धेरै छन् । स‌ंसदमा प्रमुख प्रतिपक्षी दल नेकपा ( एमाले) निरन्तर अवरोध खडा गरिरहेको छ । सरकार भने भदाै ३० भित्र बजेट पारिर नगरी नहुने दबाबमा छ ।


ADVERTISEMENT


एमाले  सांसदको अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् नयाँ बजेट ल्याएका थिए । त्यसअघि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १५ जेठमा अध्यादेशमार्फत् ल्याएको बजेट वर्तमान सरकारले काँटछाँट गरिदिएको हो ।


ADVERTISEMENT

# # #


तत्कालीन सरकारले अध्यादेश मार्फत ल्याएको बजेट ३ साउनमा संसदमा पेश भएको थियो ।  २५ भदौमा प्रतिस्थापन बजेट ल्याइयो । संसदमा अध्यादेश पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित हुनुपर्छ । अर्थात भदौ ३० भित्र पास गरिसक्नुपर्ने दबाब छ । र, राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

मंगलबारको सम्भावित कार्यसूचीमाअर्थमन्त्री शर्माले ‘विनियोजन विधेयक, २०७८’ माथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । तर एमाले हरेक बैठकमा बेल घेर्दै आएको छ । आइतबारको संसद बैठक पनि एमालेको अवरोधका कारण अगाडि बढ्न सकेको थिएन ।

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा सत्तासीन दलका नेताहरू सहभागी भए पनि प्रमुख प्रतिपक्षी एमालेका नेताहरू अनुपस्थित रहे । जसकारण बैठकले कुनै ठोस निर्णय गर्न सकेन ।

एमालेले पछिल्लो पटक दुई वटा सर्त तेर्स्याएको छ । एमालेले कारबाही गरेका १४ सांसदको सूचना टास गर्नुपर्ने वा सभामुख सापकोटाले मार्ग प्रसस्त गर्नुपर्ने  । तर, कारबाही विषयको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले यसबारे संसदमा टिप्पणी गर्न नमिल्ने धारणा सभामुख सापकोटाको छ ।