काठमाडौं – फलामे डण्डी उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ ‘स्पन्ज आइरन’ को आयातमा लाग्दै आएको भन्सार महशुल शुन्य गर्ने र आयातित बिलेटमा लाग्ने अन्तःशुल्कसमेत बढाउने सरकारको निर्णयको विरोधमा डण्डी उद्योगीहरु उभिएका छन् ।


ADVERTISEMENT


सरकारले प्रतिस्थापन विधेयकमार्फत स्पञ्ज आइरनको आयातमा छुटमाथि छुटको व्यवस्था गरेपछि डण्डी उद्योगीले त्यसको विरोध गरेका हुन् । व्यवसायीले स्टील उद्योगीहरुले सरकारले स्टिल बिलेट उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ ‘स्पन्ज आइरन’ को भन्सार शुल्कले उद्योग समस्यामा पर्ने भ भन्दै तत्काल फिर्ता गर्न आग्रह गरेका छन् ।


ADVERTISEMENT

# # #


गत शुक्रबार अर्थमन्त्री जनादर्न शर्माले चालु आर्थिक वर्षको संशोधित बजेटमार्फट फलामजन्य सामग्रीको कर बढाएको भन्दै नेपाल स्टील रोलिगं मिल्स एशोसिएसनले सोमबार पत्रकार सम्मेलन गर्दै नयाँ योजना खारेजीको माग गरेका हुन् ।

एशोसिएसनका संस्थापक अध्यक्ष एवंम पन्चकन्य स्टील उद्योगका एमडी प्रदीपकुमार श्रेष्ठले सरकारले सम्बन्धित पक्षसँग छलफल नै नगरी गरेको नीतिगत परिवर्तनले उद्योग बन्द गर्नुपर्ने अवस्था आएको बताए ।

‘२४ उद्योगीलाई वेवास्ता गर्दै ६ वटा उद्योगीको पक्षमा सरकारले नीति ल्याएको छ । बजारमा २५ प्रतिशत मात्र हिस्सा भएको उद्योगको पक्षमा सरकारले निर्णय गर्दा हामी व्यवसायी सगैँ उपभोक्ताले समेत गुणस्तरीय फलामे छड पाउनबाट बन्चित हुनुपर्नेछ’, उनले भने ।

सरकारको निर्णय विरोध गर्नेमा साःख स्टिल इन्डष्ट्रिज, पञ्चकन्या स्टिल, हामा आइरन एण्ड स्टिल इन्डष्ट्रिज, प्रिमियर स्टिल, हिमाल आइरन एण्ड स्टिल, सिद्धि लक्ष्मी स्टिल, प्रिमियर स्टिल, जगदम्बा इन्टरप्राइजेज रहेका छन् । उनीहरूले पत्रकार सम्मेलन गर्दै सरकारको निर्णयको आलोचना गरेका हुन् ।

यो सगैँ एशोसिएनमा आबद्ध उद्योगीहरु २ धारमा विभाजित भएका छन् । एशोसिएनका अध्यक्षसाहिल अग्रवाल र संस्थापक अध्यक्ष प्रदीप श्रेष्ठको समूह अलगअलग भएका हुन् ।

संस्थापक अध्यक्ष श्रेष्ठले सरकारले प्रतिस्थापन बजेट सार्वजनिक गरेपछि अध्यक्ष अग्रवाल सम्पर्क विहीन हुन दुखद भएको बताएका थिए । ‘हामी सबै उद्योगीलाई समेटेर उहाँले धारण सार्वजनिक गर्नुपर्ने थियो । तर उहाँ नै सम्पर्क विहीन भएपछि हामीले बाध्य भएर विरोध गरेका हौँ । यदि सरकारले सो नीति खारेज नगरेमा १ खर्ब लगानीमा स्थापना गरिएको उद्योग बन्द गर्न बाहेक हामीसँग अर्काे विकल्प छैन’, उनले भने ।