भोजपुर सदरमुकाम नजिकै आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका छन् ।


ADVERTISEMENT


भोजपुर नगरपालिका १२, टक्सार कोटडाँडाबाट सदरमुकाम आउँदै गरेको को १० प १४४२ नम्बरको मोटरसाइकल सदरमुकाम नजिक पुरानो हेलिडाँडास्थित सडकको घुम्तीमा दुर्घटना हुँदा मोटरसाइकल चालक भोजपुर नगरपालिका १२, टक्सारका २३ वषीय रोशन श्रेष्ठ र मोटरसाइकलमा सवार ३९ वर्षीया राधिका श्रेष्ठ गम्भीर घाइते भएका हुन् ।


ADVERTISEMENT

# # #


सदरमुकाममा घरबाट किनमेलका लागि आउँदै गरेका बेला मोटरसाइकल अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेको थियो । घाइते दुबैको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ। रोशन सामान्य घाइते छन् भने राधिकाको ढाड, ओठ र दाहिने आँखामा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक गीतनारायण चौधरीले जानकारी दिए ।