काठमाडौँ – ५७ औं राष्ट्रिय बाल दिवस, देशभर विभिन्न कार्यक्रम गरी मुलुकभर मनाइएको छ ।


ADVERTISEMENT


दिवसका अवसरमा बालबालिकाको अधिकार रक्षार्थ कार्यरत विभिन्न संघ संस्था तथा विद्यालयले अलग–अलग कार्यक्रम आयोजना गरेका छन् । त्यस्तै दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको आयोजनामा वेबिनार माध्यमबाट नेपाली बालसहित्यको वर्तमान अवस्था विषयक बिचार गोष्टि तथा प्रज्ञा बालकविता महोत्सव–२०७८ को आयोजना गरेको थियो ।


ADVERTISEMENT

# # #


महोत्सवमा स्वदेशबाट २७ र विदेशबाट १३ जना बालकविहरुद्वाारा कविता बाचन गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बालबालिकाको भबिष्यले समाज र देशको भविष्य निर्धारण गर्ने बताए । उनले नेपालमा रहेका बालबालिकाको भविष्य उज्जवल बनाउन अभिभावक र अग्रजहरुले बहुआयामिक रुपमा उनीहरुलाई सहि बाटो देखाउनुपर्ने धारणा राखे ।

सरकारले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवस घोषणा गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । हरेक वर्ष बाल दिवस मनाईदै आए पनि बालबालिकाको अवस्थामा खासै सुधार हुन नसकेको गुनासो वालअधिकारकर्मीको छ ।