काठमाडौँ– मञ्जुश्री फाईनान्स लिमिटेडले एकै दिन तीन जिल्लामा आफ्नो शाखा विस्तार गरेको छ ।


ADVERTISEMENT


फाइनान्सले सोमबार नवलपुर जिल्लाको गैंडाकोट ,चितवन जिल्लाको हाकिमचौक भरतपुर, र पर्सावजार शाखाको कारोबार शुभारम्भ गरेको हो ।


ADVERTISEMENT

# # #


फाइनान्सका सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समिति सदस्यहरुले शाखा कार्यालयको उद्घाटन गरेका थिए ।

काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको उक्त थप शाखासंगै शाखा संख्या १८ पुगेको छ । मञ्जुश्रीको यसअघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर,नेपालगञ्ज,धरान,पोखरा, विरगञ्ज, मुर्गिया,योगीकुटि,मणिग्राम र भैरहवा मा १५ वटा शाखा रहेका थिए ।

वि.सं २०७८ साल अषाढ मसान्तसम्म रु. ९६ करोड ५३ लाख चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले रु ८.९१ अर्व निक्षेप संकलन गरि रु ७.९५ अर्व कर्जा परिचालन गरेको प्रमुख कार्यकारी अधिकृत संतोष निरौलाले जनाए ।

यस्तै, फाईनान्सले विप्रेषण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र एटीएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा उपलब्ध गराउँदै आएको उनको दाबी छ ।