काठमाण्डौं-निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्ला अन्तर्गत प्रत्यक्षतर्फको मतपत्र छपाईको काम सकिएको जनाएको छ ।


ADVERTISEMENT


मंसिर १० गते निर्वाचन हुने ३७ निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ ३५ लाख मतपत्र छापिसकिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । मतपत्र छपाईको काम सकिएसँगै ती जिल्लामा निर्वाचन सामाग्री ढुवानीको काम समेत सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।


ADVERTISEMENT

# # #


पहिलो चरणमा निर्वाचन हुने जिल्लामा आगामी २७ गते सम्म सम्पुर्ण निर्वाचन सामग्री पुर्‍याइसक्ने आयोगले जनाएको छ । दोस्रो चरणमा निर्वाचन हुने जिल्लाको मतपत्र भने केहिदिन भित्रमै छाप्न सुरु हुने निर्वाचन आयोगले जनाएको छ । ४५ जिल्लाको मुख्य निर्वाचन कार्यालयले हिजो उम्मेदवारलाई दिएको निर्वाचन चिन्हको विवरण आयोगलाई प्राप्त भईसकेकोले सोहि अनुसार मतपत्र छपाईको काम सुरु हुने प्रवत्ता ढकालले बताए ।

प्रारम्भिक चरणमा दोस्रो चरणमा निर्वाचन हुने जिल्लाको नमुना मतपत्र छपाई गर्ने र केहिदिन भित्रै प्रत्यक्षतर्फको मतपत्र छाप्न सुरु गर्ने आयोगको तयारी छ । – आजको कान्तिपुरबाट