काठमाडौँ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, चलचित्रकर्मीलाई फिल्मी क्षेत्रमा सुधार ल्याउन पहल गर्ने आश्वासन दिएका छन् ।


ADVERTISEMENT


 बुधबार प्रचण्ड निवास खुलमटारस्थित चलचित्रकर्मी र प्रचण्डबीच भएको भेटवार्तामा चलचित्र क्षेत्रको हालको अवस्थाको बारेमा जानकारी लिने क्रममा उनले यस्तो आश्वासन दिएका हुन् ।


ADVERTISEMENT

# # #


उक्त भेटवार्ताको क्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान, चलचित्र संघका महासचिव अशोक शर्मा, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायतको टोलीले प्रचण्डमाझ चलचित्र क्षेत्रको समस्याको बारेमा जानकारी दिदै विभिन्न मागको अपिलसहित ज्ञापनपत्र समेत वुझाएको थियो ।

प्रतिक्रियामा प्रचण्डले भने, ‘चलचित्र क्षेत्र क्षतविक्षत भएको छ । यो विषयमा मलाई जानकारी नै छ । म मन्त्रीहरुलाई तत्काल यस विषयमा जानकारी गराउनेछु । साथै, प्रधानमन्त्रीलाई पनि म यो कुराको जानकारी गराउनेछु ।’

यस्तै, उनले चलचित्र र खेलकुदको विकास गर्न सकेको खण्डमा विश्वमा देशको परिचय स्थापित हुने धारणा समेत व्यक्त गरेका छन् ।