काठमाडौँ– एसियन अफ्रिकन चेम्बर अफ कमर्श एण्ड ईन्डस्ट्रिजको नेपाल चेप्टरमा वल्र्ड ट्रेड ग्रुप नेपालका अध्यक्ष डा शम्भु पोखरेल चयन भएका छन् ।


ADVERTISEMENT


डा. पोखरेललाई चेम्बरको सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुरुप ईण्डस्ट्रिजको अध्यक्षमा चयन गरिएको हो ।


ADVERTISEMENT

# # #


एसिया र अफ्रिकाका देशहरुको व्यवसायीहरु तथा व्यवसायीक एशोसिएशनहरु सदस्य रहेका सो चेम्बरको नेपाल चेप्टर पहिलो पटक सुरु भएको हो ।

आफु नेपाल चेप्टरको अध्यक्ष भएपछि अब नेपाल र एसियाका अन्य मुलुकहरु र अफ्रिकाका मुलुकहरुमा व्यवसाय प्रवर्धनमा सहयोग पुग्ने अध्यक्ष डा शम्भु पोखरेलले बताए ।

वल्र्ड ट्रेड ग्रुप अन्तर्गत नेपालमा विजनेश टेलिभिजन, सिईओ क्लब, ब्ल्याकहोल आईटि सोलुसन, काठमाण्डौ स्कुल अफ बैंकिङ एण्ड इन्युरेन्स लगायतका दर्जन बढि संस्थाहरु सञ्चालनमा रहेका छन् ।