काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन प्रणाली र शासकीय स्वरुप लगाएतका विषयमा रहेको फरक मतलाई अब अघि बढाउनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


बुधबार पोष्टबहादुर बोगटीको ७ औं स्मृति दिवसमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रचण्डले आफुहरुले राखेको फरक मतका लागि संविधान संशोधन गर्दै राष्ट्र र जनता लागि अघि बढ्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


नेपालको राष्ट्रिय स्वाधिनताबाहेक संविधानमा रहेका अन्य विषयलाई संशोधन गर्ने व्यवस्था रहेकाले आवश्यक संशोधन गर्न सकिने बताए । उनले विकृत बुर्जुवावादी व्यवस्थालाई परिर्वतन गर्न जरुरी परे सडकमा जानुपर्ने अवस्था आउन सक्ने तर्क गरे ।

प्रचण्डले भने, ‘यो विकृत बुर्जवा प्रणालीलाई बदल्नका लागि जरुरी पर्यो भने हामी सडकमा जानुपर्ने अवस्था पनि हुनसक्छ । तर, हाम्रो कोशिस राजनीतिक दलहरुबीचमा संवाद र सहमति गर्दै संविधान संशोधन गर्दै जानेमा हाम्रो जोड छ ।’ जति पनि सफलता प्राप्त भएका छन्, ती सडकबाट प्राप्त भएको बताउँदै उनले जरुरी पर्यो भने संविधान संशोधनका लागि सडकमै जानसक्ने जिकिर गरे ।

त्यस्तै प्रचण्डले पार्टीमा व्यक्तिगत स्वार्थको निम्ति बढी लगाव देखिने र पार्टीगतभन्दा गुट बनाउनेतिर बढी जाँगर चल्ने प्रवृत्ति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले पार्टी पुनःनिर्माणको महान अभियानतिर जान खोजेको र अव जनतामा गएर माफी माग्दै नयाँ ढंगले पार्टीलाई अघि बढाउनुपर्ने बेला आएको जिकिर गरे ।

प्रचण्डले पोष्टबहादुर बोगटीले पार्टीलाई समस्या पर्दा सदैव सहज रुपमा समाधान खोज्ने व्यक्ति भएको स्मरण गरे । त्यस्तै कार्यक्रमका सहभागीहरुले माओवादी आन्दोलनमा स्वर्गीय बोगटीले खेलेको भूमिकाको चर्चा गरेका थिए ।