काठमाडौं  संखुवासभा सामूहिक हत्या प्रकरणमा लोकबहादुरका भाइ नरेश कार्की पनि पक्राउ परेका छन् ।


ADVERTISEMENT


नरेशको साथमा मृतक परिवारको मोबाइल भेटिएपछि प्रहरीले उनीमाथि निगरानी राखेको थियो ।  हाल घटनाका मुख्य आरोपी लोकबहादुरका भाइ नरेश कार्कीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


गत भदौ २१ गते संखुवासभा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

हत्या गरिएकोमध्ये एक जनाको मोबाइल हराएको र उक्त मोबाइल नरेशको साथमा फेला परेपछि उनलाई पक्राउ गरिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।

प्रहरीका अनुसार बुहारी रञ्जना कार्कीको मोबाइल नरेशको साथबाट बरामद गरिएको हो । लोकबहादुरले ६ जनाको हत्या गर्दा उनी पनि घटनास्थल आसपासमै रहेको हुनसक्ने प्रहरी अनुमान छ । घटनापछि उनले मोबाइल चोरेर लगेको हुनसक्ने प्रहरी स्रोतको आशंका छ ।

घटनामा संलग्न रहेको अभियोगमा लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरि भदौ २७ गते सार्वजनिक गरिसकेको छ । कार्कीले चिर्पट प्रहार गरेर तेजबहादुरको हत्या गरेको र त्यसक्रममा घरका अन्य सदस्यले देखेपछि सबैलाई हत्या गरेको प्रहरीसामु स्वीकार गरिसकेका छन्। घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।