काठमाडौँ – भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय फर्म्याटमा कप्तानी छाड्ने भएका छन् । विराटले आगामी अक्टुबर १७ देखि युएईमा सुरु हुने टी–२० विश्वकप पछि टी–२०मा भारतको कप्तानी छाड्ने घोषणा गरेका हुन् ।


ADVERTISEMENT


उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘आगामी अक्टोबरमा दुबईमा हुने टी–२० विश्वकप पछि कप्तानी छाड्ने निर्णय गरेको छु । यसबारे मैँले भारतीय क्रिकेट बोर्डका सचिव जय शाह र अध्यक्ष सौरभ गाँगुलीलाई समेत जानकारी गराएको छु ।’ उनले आफूले ५–६ वर्षदेखि टी–२०, एकदिवसीय र टेस्ट फर्म्याटममा कप्तान गरेको र अब कप्तानका रुपमा एक दिवसीय र टेस्टमा मात्रै आफू केन्द्रित हुन चाहेको बताएका छन् ।


ADVERTISEMENT

# # #


विराट कोहलीले आजसम्म भारतका लागि ४५ वटा टी–२० अन्तर्राष्ट्रिय खेलमा कप्तानी गरेका छन् । जसमध्ये २७ खेलमा भारतले जित हात पारेको छ भने १४ खेलमा हार व्यहोरेको छ भने२ खेल बराबरी र२ खेलमा नतिवाविहीन रहेका थिए ।