काठमाडौँ– प्रधान सेनापति महारथी प्रभुराम शर्माले वीरगती प्राप्त सकलदर्जाका एकल महिलाहरुसँग भेटघाट गरेका छन् ।


ADVERTISEMENT


शक्रबार एक कार्यक्रमको समारोहबीच महारथी शर्माले विगतमा द्वन्द तथा कर्तव्यपालनाको दौरान वीरगती प्राप्त गरेका सकलदर्जाका एकल महिलाहरुसँग जंगी अड्‍डास्थित भेटघाट गरेका हुन् ।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रममा महारथी शर्माले सिमित श्रोतबाट ९ लाख ५० हजार भन्दा बढी हिताधिकारीहरुको जायज अपेक्षालाई पुरा गर्न आफु सदैव प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सहभागीहरुलाई कल्याणकारी योजना अन्तर्गत तथा सैनिक श्रीमती संघबाट संचालन हुने व्यवसायिक तथा शिपमुलक तालिमहरुबाट लाभ लिंदै महिला उद्यमशिल कर्जा सुविधाको उपभोग गरी स्वरोजगार र आत्मनिर्भर हुन आग्रह गरे ।

गत २५ भाद्रमा आफुले पदवहालीपश्चात् सकलदर्जा गरेका महारथी दर्जाले पहिलो सम्बोधनका क्रममा वीरगती प्राप्त गर्नेहरूका परिवार, एकल महिला, घाइते तथा फरक क्षमता भएका हिताधिकारीलाई प्राथमिकतामा राखी विविध अवसर र सेवासुविधाको सीमालाई क्रमिक रूपमा बढाउँदै लगिने बताए ।

सोही अनुरुप उक्त समूहमा रहेका ८०० जना एकल महिलाहरुलाई नेपाली सेनाले पारिवारीक निवृत्तिभरणको रुपमा वीरगतीतर्फ मासिक रु. ३००० र कर्तव्य पालनातर्फ मासिक रु. २००० प्रदान गरिरहेकोमा यही २०७८ आश्विन महिनाबाट मासिक रु.पाँच सय थप गरी वीरगतीतर्फ मासिक रु. ३५०० र कर्तव्य पालनातर्फ मासिक रु. २५०० प्रदान गर्ने व्यवस्था भइसकेको रक्षा मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, सैनिक श्रीमती संघका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थित रहेको थियो ।