काठमाडौं – नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले वर्तमान सरकारले छिमेकी राष्ट्रसंगको सम्बन्ध बिगार्न खोजेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


शुक्रबार नयाँ किरण समूहले आयोजना गरेको नयाँ सरकारको कुटनीतिक अभिमूखिकरण  सम्भाव्य विश्लेषण बिषयक बिचार गोष्ठिमा ज्ञवालीले सीमा लगाएतका बिषय निकालेर सरकारले छिमेकी राष्ट्रसंग कुटनीतिक सम्बन्ध बिगार्न खोजेको आरोप लगाएका हुन् ।


ADVERTISEMENT

# # #


ज्ञवालीले भारतसँगको सीमा विवादलाई छाडेर चीनसंगको सीमा विवाद सिर्जना गर्न खाजेको तर्क गरे । समस्या भएको स्थानमा चूप बस्ने र समस्या नै नभएको ठाउँमा विवाद निकालेर सरकारले चीनसंग चिसोपना खडा गर्न खोजेको उनले बताए ।

ज्ञवालीले दार्चुलामा तुईन चुडाँएर नेपाली बेपत्ता भएको घटना दुई महिना हुन लाग्दा पनि सरकारले भारतसंग कुटनीतिक प्रतिवाद गर्न नसकेको बताए ।

ज्ञवालीले छिमेकीमुलुक लगायत अन्य मुलुकसंगको सम्बन्ध नेपालको सार्वभौम समानताका आधारमा अघि बढाउनुपर्ने धारणा राखे।