काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान त्रिकोणात्मक सिरिजमा ओमानविरुद्ध नेपालले छैटौँ सफलता हात पारेको छ ।


ADVERTISEMENT


ओमानको अल अमेरत क्रिकेट स्टेडियममा टस जितेर नेपालले पहिले बलिङ गरिरहेको नेपालका लागि सन्दीप लामिछानेले छैटौँ सफलता दिलाएका हुन् । सन्दीपले आफ्नो पहिलो ओभरमै मोहम्मद नादिमलाई ४ रनमा एलबीडब्ल्यूको धरापमा पारे भने दोस्रो ओभरको चौथो र पाँचौँ बलमा विकेट लिए । आफ्नो पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक गर्नबाट चुकेका उनले सुरज कुमार र नेस्तर धम्बालाई डकआउट गरे ।


ADVERTISEMENT

# # #


यसअघि पावरप्लेमा घातक बलिङ गरेका करण केसीले ओमानका सुरुवाती तीन विकेट लिएका थिए । उनले पहिलो विकेटका रुपमा जतिन्दर सिंहलाई १३ रनमा आउट पारेका उनले दोस्रो विकेट सुफियान मेहमूदको लिए । आजै एकदिवसीयमा डेब्यू गरेका मेहमूदलाई करणले ४ रन बनाउँदा सुसन भारीको हातबाट क्याच आउट गराएका हुन् ।

उनले जतिन्दरलाई व्यक्तिगत १३ रनमा आसिफ शेखबाट क्याच आउट गराएका थिए । त्यसक्रममा जतिन्दरले १ चौका र १ छक्का प्रहार गरे । ताजा अवस्थामा ओमानले १४ ओभरको समाप्तीमा ६ विकेटको क्षतिमा ४३ रन बनाएर खेलिरहेको छ ।

यसअघि पहिलो खेलमा ओमानसँग ५ विकेटले हारेको नेपाल आज जित निकाल्दै त्रिकोणात्मक सिरिजलाई सुखद अन्त्य गर्ने दाउमा रहेको छ । नेपालले सिरिजको पहिलो अमेरिकालाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा ओमानसँग ५ विकेटले हारेको थियो । यस्तै तेस्रो खेलमा शुक्रबार अमेरिकाले नेपाललाई ६ विकेटले हराएको थियो ।

नेपाली टोलीमा आज दुईवटा परिवर्तन गरिएको छ । शरद भेषावकर र आरिफ शेख अन्तिम ११ मा अटाएका छन् भने  कुशल मल्ल र गुल्सन झा बाहिरिएका छन् ।

यसअघि सन् २०२० को फेब्रुअरीमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल दुवै खेलमा ओमानसँग पराजित भएको थियो अर्थात् ओमानसँग नेपालले लिग–२मा मा जित निकाल्न सकेको छैन