काठमाडौँ – राष्ट्रियसभा सदस्य जितजंग बस्नेतले मुलुकका तीनवटै तहका संरचना घटाउनुपर्ने पस्ताव गरेका छन् । बुधबार राष्ट्रियसभामा बोल्दै सदस्य बस्नेतले
‘सबै तहका संरचनाहरु, स्थानीय निकायदेखि संघीय संरचना पनि घटाउनुपर्छ । हाम्रो वडा तहमा पनि पाँच जना वडा सदस्य काम छैन, तीन जना भए पुग्छ । दलित, महिला र एक जना, तीन जना भए पुग्छ ।’उनले भने, ‘प्रदेशमा पनि मन्त्री घटाउनुपर्यो, ५ जना भए पुग्छ ।’
यस्तै सदस्य बस्नेतले संघीय संसदको संरचनालाई पनि पुनर्विचार गर्नुपर्ने बताए । उनले भने, ‘संघीय संसदमा पनि । डाइरेक्ट जो पार्लियामेन्ट मेम्बर छन्, प्रतिनिधि सभामा बस्छन् । जो समानुपातिक वाला छ, राष्ट्रिय सभामा बस्नुपर्यो । त्यसको पनि संरचना घटाउनुपर्यो ।’ उनले सांसदले पाउने भत्ता पनि घटाउनुपर्ने वा खारेज गर्नुपर्ने प्रस्ताव गरे ।
उनले काँग्रेसको स्ट्याण्ड बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था भए पनि घटाउनुपर्ने कुराहरु यसलाई थप सुदृढीकरण गर्नुपर्ने उनको भनाई छ ।