काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान त्रिकोणात्मक सिरिजमा घरेलू टोली ओमानले नेपाललाई १२२ रनको चुनौति दिएको छ ।


ADVERTISEMENT


करण केसी र सन्दीप लामिछाने घातक बलिङ गरेपछि ओमानको अल अमेरत क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको ओमान ३७.१ ओभरमा सबै विकेट गुमाउँदै १२१ रनमै समेटिएको हो ।


ADVERTISEMENT

# # #


ओमानका लागि कप्तान जासिन मक्सूदले सर्वाधिक ४१ रन बनाए । उनले ६६ बलमा उनले २ चौका र १ छक्का प्रहार गरे । यस्तै जतिन्दर सिंहले १३ बलमा १ चौका र १ छक्कासहित १३ रन तथा नासिक खुसीले २७ बलमा १ छक्कासहित ११ रन जोडे भने कलिमुल्लाह ११ रनमा नटआउट रहे । २१.२ ओभरमा ६५/७को दयनीय अवस्थामा पुगेको आउमानका लागि कप्तान कम्सूद, नासिम खुसी, कलिमुल्लाह र बिलाल खानले उकास्ने प्रयास गरेका थिए ।

नेपालका लागि शानदार बलिङ गरेका करण केसी र सन्दीप लामिछानेले समान ४–४ विकेट लिए । शरद भेषावकरका नाममा २ विकेट रह्यो ।

करण केसीले नेपाललाई सुरुवाती ३ विकेट दिलाए भने अन्तिममा थप एक विकेट लिए । पावर प्ले नसकिँदै आमानलाई ३०/३ को अवस्थामा पुर्याएका थिए । उनले पहिलो विकेटका रुपमा उनले पहिलो विकेटका रुपमा जतिन्दर सिंहलाई आशिफ शेखबाट क्याच आउट गरेका उनले दोस्रो विकेट सुफियान मेहमूदको लिए ।

करण आजै एकदिवसीयमा डेब्यू गरेका मेहमूदलाई सुसन भारीको हातबाट क्याच आउट गराए । यस्तै सन्दीपले आफ्नो पहिलो ओभरमै मोहम्मद नादिमलाई एलबीडब्ल्यूको धरापमा पारे । आफ्नो पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक गर्नबाट चुकेका उनले व्यक्तिगत दोस्रो ओभरको चौथो र पाँचौँ बलमा सुरज कुमार र नेस्तर धम्बालाई डकआउट गरे ।

यसअघि पहिलो खेलमा ओमानसँग ५ विकेटले हारेको नेपाल आज जित निकाल्दै त्रिकोणात्मक सिरिजलाई सुखद अन्त्य गर्ने दाउमा रहेको छ । नेपालले सिरिजको पहिलो अमेरिकालाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा ओमानसँग ५ विकेटले हारेको थियो । यस्तै तेस्रो खेलमा शुक्रबार अमेरिकाले नेपाललाई ६ विकेटले हराएको थियो ।

नेपाली टोलीमा आज दुईवटा परिवर्तन गरिएको छ । शरद भेषावकर र आरिफ शेख अन्तिम ११ मा अटाएका छन् भने कुशल मल्ल र गुल्सन झा बाहिरिएका छन् ।

यसअघि सन् २०२० को फेब्रुअरीमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल दुवै खेलमा ओमानसँग पराजित भएको थियो अर्थात् ओमानसँग नेपालले लिग–२मा मा जित निकाल्न सकेको छैन