त्रिशूली, नुवाकोट– धान भित्र्याउने मौसममा आएको असिनाबाट जिल्लामा रु. तीन करोडको क्षति भएको छ ।


ADVERTISEMENT


गत हप्ता शनिबार राति आएको असिनापानीबाट सङ्कंलनपछि तरकारी बाली, धान, सुन्तला, आलु, कोदोमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाभरमा ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको बालीनालीमा क्षति पुगेको कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


असिनाले मेघाङ गाउँपालिकाका वडा नं ४, ५ , ६ वडामा पर्ने सामरी भञ्ज्याङ, कल्लाबारी, थुम्का र फलाँटेमा ३९० हेक्टर क्षेत्रफलमा लगाइएको धान ५० देखि ९० प्रतिशतसम्म क्षति भएको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम सुवेदीले जानकारी दिए।

यस्तै तारकेश्वर गाउँपालिका–१ दाङ्सिङमा पाँच हेक्टर, विदुर नपा–७ को महादेवखर्क, विदुर –१३ का कल्याणपुर, हुलाकघरका ११५ हेक्टर र ककनी गाउँपालिकाको ओखरपौवामा पाँच हेक्टर क्षेत्रफलमा लगाइएको अन्नबालीमा धेरै क्षति पुगेको कार्यालयले जनाएको छ । असिनाले धेरै क्षति पुर्याएपछि कार्यालयले क्षतिको विवरण संकलनका लागि प्राविधकको टोली नै खटाएको थियो ।