काठमाडौं – सरकारले आज बस्ने प्रतिनिधि सभा बैठकबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरिरहेको छ । नेकपा एमालेले अवरोध खडा गरेको खण्डमा पनि विनियोजन विधेयक पारित गर्ने तयारी रहेको बताइएको छ ।


ADVERTISEMENT


विधेयक पारित नहुँदा सरकारले गत शुक्रवारदेखि सरकारी ढुकुटीबाट रकम खर्चिनसमेत पाएको छैन । यसै कारण सरकारले संसदबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको हो ।


ADVERTISEMENT

# # #


आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नेछन् ।

त्यसपछि राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयकमाथि सैद्धान्तिक छलफल गरेर संशोधनका लागि ७२ घण्टाको अवधि सुरु गर्ने तयारी छ ।

विनियोजन विधेयक पारित भएपछि मात्रै राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रस्तुत भएर सैद्धान्तिक छलफल हुने व्यवस्था छ । आजको बैठकमा विनियोजन विधेयकमा सबै मन्त्रालयका लागि विनियोजित बजेट र त्यसका शीर्षकमाथि छलफल गर्ने तयारी छ ।

आज एकै दिन छलफल सकाएर पारित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूूची छ । प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित भएमा आज नै राष्ट्रिय सभामा जानेछ । राष्ट्रिय सभाको बैठक भोलि बोलाइएको छ ।

भदौ २३ देखि सुरु भएको प्रतिनिधि सभा बैठकमा अवरोध गर्दै आएको एमालेले आज पनि अवरोध कायमै रहने जनाएको छ ।

यस्तो छ संसदको कार्यसूची: