काठमाडौं – नेपालमा डिजिटल भुक्तानी प्रदायक संस्थाहरु विस्तारै बढिरहेका छन् । यी मध्ये ‘खल्ती’, ‘इसेवा’, ‘आइएमईपे’ र ‘सेलपे’ नेपालमा बढी चलनचल्तीमा रहेका छन् ।


ADVERTISEMENT


चाडबाढ नजिकिँदै जाँदा काठमाडौंबाट घर जाने मानिसहरु बढिरहेका छन् । टाढाका मानिसहरु हवाई उडान भरेर यात्रा गर्नुपर्ने हुन्छ । यस्तोमा कुन भुक्तानी प्रदायक संस्थाबाट टिकट काट्दा सजिलो होला भनी हिमालय पोष्ट डटकमले एक खोज गरेको छ । त्यसमा  सबैभन्दा बढी ‘क्यासब्याक’ दिने संस्था सेलपे पाइयो भने कम क्यासब्याक दिने संस्थाका रुपमा इसेवा पाइयो ।


ADVERTISEMENT

# # #


नेपालभित्रको कुनै पनि स्थानको हवाई टिकट काट्दा सेलपे मार्फत डिजिटल भुक्तानी गर्दा धेरै क्यासब्याक पाइने देखिएको छ । नेपालमा हवाई उडानको टिकट यदि हामी डिजिटल पेमेन्ट गर्दैछौं भने सेल पेमार्फत् गर्नु फाइदाजनक देखिएको हो । अन्य डिजिटल पेमेन्टकोे तुलनामा सेलपेकोे क्यासब्याक मन लोभ्याउने खालको छ ।

बुद्ध इयरलान्सको काठमाडौं पोखराको भाडा ५ हजार ३५ रुपैंया तोकिएको छ । जसमा आइएमई पेबाट रकम भुक्तानी गर्दा १ सय ६६ रुपैंया फिर्ता पाउन सकिन्छ । त्यस्तै खल्तीबाट डिजिटल भुक्तानी गर्ने हो भने १ सय ५२ रुपैंया फिर्ता हुन्छ । इसेवाबाट ५५ रुपैंया फिर्ता हुन्छ । सेलपेबाट भने २ सय ७७ रुपैंया फिर्ता हुन्छ ।

यति इयरलान्सबाट काठमाडौं पोखराको यात्रा गर्दा पनि सेलपेबाट टिकट काट्दा ३ सय ३५ रुपैंया फिर्ता हुन्छ भने आइएमई पेबाट २ सय एक रुपैंया, खल्ती पेबाट गर्दा २ सय १० रुपैंया र इसेवाबाट ७० रुपैंया फिर्ता पाइन्छ ।

अर्कोतिर गुण इयरलान्सबाट काठमाडौं पोखराको यात्रामा सेलपेबाट भुक्तानी गर्दा ६ सय ५५ रुपैंया फिर्ता हुन्छ भने, इसेवाबाट १ सय ३१ र खल्ती पेबाट ३ सय ६० फिर्ता पाइन्छ ।

श्री इयरलान्सबाट काठमाडौं नेपालगञ्जको यात्रामा सेलपेले ९ सय फिर्ता दिइरहेको छ । त्यसैमा इसेवाले १ सय ८० मात्र फिर्ता दिएको छ । यता खल्ती पेबाट ४ सय ९५ फिर्ता पाइन्छ । त्यस्तै आइएमइपेबाट ५ सय ४० फिर्ता पाइन्छ ।

यीबाहेक अन्य इयरलाइन्सकाे टिकटमा पनि सेलपेकाे क्यासब्याकले खाजा खर्च जोगाइदिने देखियाे । यसरी तुलनात्मक रुपमा हेर्दा सेलपे हवाइ उडानको टिकटमा क्यासब्याक दिने पहिलो नम्बरकाे स‌ंस्थाका रुपमा छ भने इसेवा अन्तिममा रहेको छ ।