काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाविरुद्धको खोप अभियान निरन्तर सञ्चालन हुने बताएका छन् ।


ADVERTISEMENT


सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री श्रेष्ठले नेपालमा निरन्तर रुपमा खोप आइरहेको भन्दै खोप अभियान पनि निरन्तर रुपमा सञ्चालन हुने बताएका हुन् ।


ADVERTISEMENT

# # #


अव १८ बर्षभन्दा माथि छुटेका नागरिकलाई १० दिनसम्म खोप दिइने उनको भनाइ छ । मन्त्री श्रेष्ठले मुलुकका उत्तरी भेगका १० देखि १३ वटा जिल्लामा पूर्ण रुपमा खोप लगाउने योजना रहेको जानकारी दिए ।

उनले अहिलेसम्म १ करोड ७७ लाख खोप आइसकेको जानकारी दिए ।