बढ्दो उमेरका कारण व्यक्तिमा देखिने विभिन्न रोगहरुमध्ये अल्जाइमर पनि एक हो । यो मुख्यतयाः डिम्नेशियाको अर्काे रुप पनि हो । डिम्नेशियाले बिरामीको मस्तिष्कको कोषिकालाई कमजोर या नष्ट गरिदिन्छ ।


ADVERTISEMENT


जसबाट परिणाम स्वरुपः व्यक्तिको स्मरण शक्तिमा हृास आउँछ । यतिसम्म कि व्यक्तिले १–२ मिनेटअघि मात्रै भनेको कुरा पनि बिर्सिने हुन्छ । यसरी व्यक्तिमा जब डिम्नेशिया रोग बढ्दै जान्छ, त्यसैको प्रारुपलाई नै अल्जाइमर भनिन्छ ।


ADVERTISEMENT

# # #


यसका कारणहरु

जुनसुकै व्यक्तिलाई हुनसक्ने यस अल्जाइमरका विविध कारणहरु रहेका छन् । जसकारण पनि यसको सटिक कारण पहिचानमा मुश्किल पर्दछ । यसका बाबजुद अल्जाइमर रोगमाथि गरिएको अध्ययनले यो बिरामी व्यक्तिमा निम्न पक्षका कारण हुने गरेको जनाएको छ :

-बढ्दो उमेर
-आणुवंशिक
-टाउको गम्भिर चोट लागेमा
-अन्य रोगबाट पिडित भएको खण्डमा
-र, उच्च तनाव ।

के हुन् त यसका लक्षण?

माथि उल्लेख गरिएजस्तै अल्जाइमर रोगको शूरुआत अन्य बिरामीजस्तै आम तरिकाबाट हुने गर्दछ । जसकारण पनि यो रोग पहिचानमा चुनौती देखा पर्दछ ।
यद्यपि यस समस्याले सताएको व्यक्तिमा स्मरण शक्ति कमजोर हुनुका साथै व्यक्तिले बुझ्न सक्ने क्षमता तथा निर्णय प्रक्रियामा समेत हृास आउँदै जान्छ ।

यसरी गरौँ पहिचान

अल्जाइमर रोगको पहिचान जति छिटो गर्न सक्यो यसको उपचार पनि त्यति नै सहज हुने गर्दछ । तसर्थ यसलाई हामीले बेलैमा पहिचान गर्नुपर्दछ । र, यसको पहिचान गर्ने उत्तम उपाय भनेकै केहि आवश्यक मेडिकल टेस्टहरु गर्नु हो । जसअन्तर्गत व्यक्तिले रक्त परीक्षण, मुटुको धड्कन, एमआरआइ, सीटी स्क्यान, तथा पीइटी गराउनु पर्ने हुन्छ ।

के यसको उपचार सम्भव छ?

यदि कुनै पनि व्यक्तिले आफुलाई अल्जाइमर भएको थाहा पाएर तुरुन्तै त्यसको उपचार गरेको खण्डमा यसको निदान सम्भव रहन्छ । यसका लागि बिरामीले चिकित्सकको सल्लाह अनुसार, निम्न तरिकाबाट यस रोगको निदान गर्न सक्छन् :

-शारीरिक व्यायाम
-औषधिको सेवन
-थेरापी मनोवैज्ञानिकको परामर्शद्धारा
-र, डिप ब्रेन स्टिमुलेटमार्फत ।

रोकथाम तथा बच्ने उपाय

अल्जाइमर रोगबाट बच्नका लागि व्यक्तिले धुम्रपान सेवनबाट टाढै रहि आफुमा भएको मधुमेह, उक्तचाप तथा मुटुरोगजस्ता दिर्घ रोगलाई नियन्त्रणमा राख्दै सन्तुलित भोजनमा विशेष ध्यान दिनुपर्दछ । यसबाहेक यसका लागि व्यक्तिले निम्न पक्षहरुलाई प्रमुख प्राथमिकताका साथ अवलम्बन गर्नुपर्छः

-नशालु पदार्थ सेवनबाट टाढै रहने
-नियमित रुपमा शारीरिक व्यायाम तथा ध्यान गर्ने
-गुणस्तर जीवनशैलीसंगै उचित आहारमा ध्यान दिने
-र, सामाजिक रुपमा घुमलिन हुने ।

एजेन्सी ।