झापा – झापाको दमक नगर पाालिका वडा नं १ स्थित एक घरबाट साँढे चार लाख रकमसहित १७ जना कौडा जुवाडे पक्राउ परेका छन् ।


ADVERTISEMENT


उनीहरुलाई कौडा खेलिरहेको अवस्थामा  प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


प्रहरीले दमक नगर पाालिकामै बस्ने  हिमाल देवानको घर कम्पाउण्डको पछाडी पट्टी जस्ताको छाना भएको एक तले भान्सा कोठामा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई विशेष सूचनाका आधारमा मंगलबार रातको ११:३० बजे प्रहरीले छापा हानी पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक राकेश थापाले जानकारी दिएका छन् ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले  युवराज न्यौपाने, दिल बहादुर राई , तिर्थ अधिकारी , ठाकुर प्रसाद निरौला, हरि कोईराला, सुबिन्द्र सुब्बा , मोहन बराल , सुनिल साह , लक्ष्मी प्रसाद अधिकारी , नैन कुमार चौधरी , रुपेश तामाङ , बलराम बस्नेत , गंगाराम मगर , निशान पोखरेल , कर्ण राई ,राजन दाहाल र विनोद थेबे गरी १७ जनालाई पक्रिएको छ ।

उनीहरुको साथबाट ४ लाख २७ हजार ६ सय नगद बरामद भएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक राकेश थापाले बताएका छन् ।