काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) ले आफ्नो दलको पदाधिकारी चयन यात्रा टुङ्ग्याएको छ ।


ADVERTISEMENT


बिहिवार दलको विभिन्न पदमा व्यक्तिहरु चयन गर्दै पार्टीले पदाधिकारीहरु टुंगो लगाएको हो ।


ADVERTISEMENT

# # #


एकीकृत समाजवादीले चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको छ ।

जसअन्तर्गत बेदुराम भुसाल महासचिवमा नियुक्त भएका छन् । यसैगरि, उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथप्रसाद साह र जयन्ती राई चयन भएका छन्, भने उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल चुनिएका छन् ।

यस्तै, पार्टीले सचिवमा रामकुमारी झाँक्रीसहित केशवलाल श्रेष्ठ, जगनाथ खतिवडा र नागेन्द्रप्रसाद चौधरी गरी चार जनालाई नियुक्त गरेका छन् ।