काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी वैशाखभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिने सरकारको लक्ष्य रहेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री देउवाले सरकार सवै नागरिकलाई खोप प्रदान गर्न प्रतिवद्ध रहेको भन्दै बैंशाखभित्र सवै नागरिकलाई कोरोनाबिरुद्धको खोप दिने योजना रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले नेपालको संविधानमा प्रत्याभूत रहेको प्रेस स्वतन्त्रताको बिषयलाई कार्यान्वयन गराउन सरकार प्रतिवद्ध रहेको उल्लेख गरे । तथ्य तथ्यामा आधारित भएर सरकारको आलोचना हुनुपर्ने र यसलाई आफुले सदैव स्वागत गर्ने उनको भनाई छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठानले यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारबाट पत्रकार वासुदेव बर्मालाई पुरस्कृत गरेको हो ।