काठमाडौँ – नेपाली कांग्रेसले गाउँ तथा नगर अधिवेशनको मिति हेरफेर गर्ने तयारी गरेको छ ।


ADVERTISEMENT


बिहीबार सिंहदरबारस्थीत संसदीय दलको कार्यालयमा पार्टीको निर्वाचन समिति सहित बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा अधिवेशनको कार्यतालिका हेरफेरका विषयमा छलफल भएको हो ।


ADVERTISEMENT

# # #


बैठक शुक्रबार बिहान १० बजे पुन बस्ने र अधिवेशनका साथै क्रियाशिल सदस्यताको विवादका बिषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए । शुक्रबार बस्ने बैठकले कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन र त्यसपछिका अधिवेशनका विषयमा निर्णय लिने बताइएको छ ।

कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म गर्ने तय भएको छ ।