काठमाडौँ – दशैँका लागि काठमाडौँ उपत्यकाबाट लामो दूरिका लागि चल्ने सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज ११ देखि खुल्ने भएको छ ।


ADVERTISEMENT


यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि बुकिङ खोल्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


यातायात व्यवसायीहरुले सरकारले वर्षाका कारण अवरुद्ध भएका तथा भत्किएका सडकहरुको मर्मत गरेर मात्रै अग्रिम टिकट बुकिङ खोल्नु पर्ने अडान राख्दै आएका थिए । सरकारी निकाय त्यसमा सकारात्मक भएसँगै टिकट बुकिङ खुलाउने निर्णय भएको हो ।

यससँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुहरुको सुबिधाका लागि काठमाडौँको नयाँ बसपार्कमा बिहीबार यात्रु सहायता कक्षको स्थापना गरेको छ ।