काठमाडौँ – नर्भिकका संस्थापक बसन्तकुमार चौधरीलाई हृदयघात भएको समाचारप्रति अस्पतालले गम्भीर ध्यानाकषण जनाएको छ ।


ADVERTISEMENT


शुक्रबार एक विज्ञप्ती निकाल्दै अस्पतालले चौधरीबारेको समाचार ‘पूर्ण रुपमा’ सत्य नभएको र चौधरीको अवस्था गम्भीर नभएको जनाएको हो । चौधरी निजी प्रायोजनका लागि दुबई गएको अस्पतालको भनाई छ ।


ADVERTISEMENT

# # #


जारी विज्ञप्तीमा भनिएको छ, ‘नर्भिकका संस्थापक दुबईमा हृदयघात भई अवस्था गम्भीर बनेको भन्ने आशयका समाचारहरुप्रति हाम्रो ध्यानाकर्षण भएको छ । यो समाचार ‘पूर्ण रुपमा’ सत्य नभएको जानकारी गराउँदछौं । उहाँ निजी प्रयोजनका लागि दुबई जानुभएको र उहाँको स्वास्थ्य अवस्था गम्भीर नभएको जानकारी गराउँछौं ।’

दुबईमा रहेका चौधरीलाई शुक्रबार हृदयघात भएको र शल्यक्रियाको तयारी गरिएको समाचार बाहिरिएका थिए ।