काठमाडौँ – नेपालमा शुक्रबार १ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको १० हजार ५ सय ७५ पीसीआर परीक्षणका क्रममा १ हजार १ सय ३ र ५ हजार १ सय १५ एन्टीजेन परीक्षणका क्रममा ३ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ८० हजार १ सय ५२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८१ जनाको मृत्यु भएको छ । त्यस्तै थप १ हजार ५ सय ५० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ५८ हजार ५ सय ४ संक्रमित निको भएका छन् । हाल नेपालमा २० हजार २ सय ८७ सक्रिय संक्रमित आइशोलेशन र २ सय ४४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।